सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य-लगेज किन्दा ४० प्रतिशत छुट

काठमाडौं । नेपाली यात्रुको यात्रालाई अझ सहज र विशेष बनाउने उद्देश्यसहित, नेपालको प्रमुख अनलाइन ट्राभल प्लेटफर्म सस्तो टिकेट्स डट कमले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रिमियम लगेज ब्रान्ड क्धष्कक :ष्ष्तिबचथसँग आधिकारिक सहकार्य घोषणा गरेको छ । यस साझेदारीमार्फत गुणस्तरीय ट्राभल ब्याग तथा लगेज अब निक्कै किफायती मूल्यमा उपलब्ध हुनेछन् ।
यस विशेष सहकार्य अन्तर्गत, सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुलाई स्विस मिलिट्री को लगेज तथा ब्याकप्याक कलेक्सनमा ४० प्रतिशतसम्म छुट प्राप्त हुनेछ । सस्तो टिकेट्स मार्फत टिकट काटिसकेपछी यात्रुलाई छुट प्राप्त गर्न विशेष लिंक तथा क्युआर कोड इमेलमार्फत प्राप्त हुनेछ, जसको प्रयोग गरी उनीहरूले स्विस मिलिट्रीको प्रिमियम उत्पादनमा आकर्षक छुट पाउन सक्नेछन् ।
विश्वभर टिकाउ र स्टाइलिश ट्राभल गियरको लागि परिचित स्विस मिलिट्रीले हालै नेपालमा आफ्नो आयात तथा वितरण कार्य सुरु गरेको छ । यो जसले नेपाली बजारमा उच्च गुणस्तर र भरपर्दो सामानको ग्यारेन्टी दिने उद्देश्य बोकेको छ, स्विस मिलिट्रीले आफ्ना उत्पादनहरुमा १० वर्षको वारेन्टी समेत प्रदान गर्दै आएको छ । नेपालको बजारमा यस्तो वारेन्टी र आर्कषक छुट सुविधा पहिलोपटक आएको हो ।

प्रतिक्रिया