शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने मागसहित अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेपालखोज २०८२ जेठ १२ गते १४:४३

काठमाडाैं । नेपाल विद्यार्थी संघले कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने मागसहित उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

सोमबार सिंहदरबारमा अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षणपत्र बुझाउदै नेविसंघले कुल बजेटको कम्तिमा २० प्रतिशत रकम अनिवार्य रुपमा सार्वजनिक शिक्षा क्षेत्रमा बिनियोजन गर्नुपर्ने माग राखेको हो ।

त्यस्तै विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यसै आर्थिक बर्षदेखि प्रभावकारी रुपमा लागू हुनेगरि आवश्यक विनियोजन गर्न समेत माग गरिएको नेविसंघका अध्यक्ष दुर्जाङ शेर्पाले जानकारी दिए । उनले महङ्गी नियन्त्रणको नीति लागू गर्नुपर्ने, विद्यार्थीको जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने बस्तुमा सहुलियत प्रदान गर्ने नीति ल्याउनुपर्ने लगाएतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

नेविसंघले बैदेशिक रोजगारका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न ४० बर्ष उमेर समूहका युवा लक्षित अनिवार्य प्राविधिक तालिम सम्बन्धी नीति तर्जुमा गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया