शिक्षकसँग भएको सहमतिका आधारमा असार १५ अघि नै शिक्षा ऐन जारी गर्ने तयारी

नेपालखोज २०८२ जेठ १३ गते १८:४४

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले शिक्षकसँग भएको सहमतिका आधारमा असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले आगामी असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमतिअनुसार त्यसअघि नै ऐन जारी गर्ने तयारीमा रहेको बताएका हुन् । विद्यालय शिक्षा विधेयकमा समेट्न सकिने बिषयमा सन्दर्भमा आफुहरु शिक्षक महासंघसंग निरन्तर वार्तामा रहेको उनले बताए ।

यसअघि आइतबार बसेको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मन्त्री पन्तले एक साताको समय माग गरेका थिए ।

प्रतिक्रिया