बिहीबार, जेठ १६, २०८२

बुटवलमा एक युवकले पूर्वपत्नी र उनका दुई छोरीको गरे बीभत्स हत्या

नेपालखोज २०८२ जेठ १५ गते ९:०२

काठमाडाैं । बुटवलमा एक युवकले पूर्वपत्नी र उनका दुई छोरीको बीभत्स हत्या गरेका छन् । बुटवलस्थित होराइजन चोकमा एक महिला र उनका दुई छोरीको विभत्स हत्या गरिएको हो ।

पूर्वपति सुजनले घरमै बोलाएर पूर्वश्रीमती र छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विहे गरेकी थिइन् ।

विहेपछि दुई छोरीको जन्म भएको थियो ।  रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार घटनाको अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया