शनिबार, जेठ १८, २०८२

सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने

नेपालखोज २०८२ जेठ १७ गते ७:५४

काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिक टन पुर्‍याइने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ लाग्ने बताए । लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने उनले बताए ।

माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको पनि अर्थमन्त्री पौडेलले बताए । पुष्पलाल मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आसपासका कृषियोग्य बाँझो जमिनमा उत्पादन प्रवर्द्धन गरिने भएको छ ।

यसअन्तर्गत नगदे बाली, पशुपालन, उच्च मूल्यका फलफूल, गैरकाष्ठ वन पैदावार, घाँस तथा कृषि वन प्रणालीको विस्तार गर्न रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । रासस

प्रतिक्रिया