अध्यक्ष चौधरीले भने- अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आयाे
नेपालखोज
२०८२ जेठ १८ गते १२:०३

काठमाडौं । नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो मोबाइले क्षेत्रका लागि खुसी हुने बजेट आएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा अध्यक्ष चौधरीले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको बताए । उनले बजेट सकारात्मक आएको बताए ।
‘अटो क्षेत्रलाई चलायमान बनाउने बजेट आएको छ । यसलाई हामीले स्वागत गर्छौं’, उनले भने ।
यो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया