स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा : रेड्मी नोट १४ प्रो+५जी

काठमाडौं । टिकाउपन भन्नासाथ धेरैले सोच्ने गर्छन्-धेरै वर्ष चल्ने फोन ।
तर आजको डिजिटल युगमा टिकाउपनको परिभाषा केवल लामो समयसम्म चल्ने क्षमता मात्र होइन भन्ने बुझ्नु जरुरी छ, यो अब भौतिक प्रतिरोधदेखि लिएर द्रुत प्रदर्शन, कार्यकुशलता, र प्रयोगकर्ताको अनुभवसम्मको समग्र संयोजन पनि हो । यिनै पक्षहरूलाई विचार गर्दा रेड्मी नोट १४ प्रो+५जी एक सशक्त प्रतिस्पर्धीको रूपमा उदाएको देखिन्छ भन्दा फरक पर्दैन ।
आजको दिनमा स्मार्टफोनका प्रयोगकर्ता ‘सस्तोमा राम्रो’ भन्दा बरु ‘पैसा लागोस् तर टिकाउ होस’ भन्ने चाहन्छन् । अहिले बजारमा कैयौं ब्रान्डका सयौँ स्मार्टफोनहरू छन्, तर जब कुरा फोन खसेको अवस्थामा नटुट्ने/नफुट्ने र पानीमा खस्दा नबिग्रिने, वा महिनौंको प्रयोगपछि पनि सुस्त नहुने मोबाइलको खोजी हुन्छ, त्यहाँ रेड्मी नोट १४ प्रो+ ५जी जस्तै विकल्प एकदमै सान्दर्भिक देखिन्छ ।
रेड्मीले प्रस्तुत गरेको ‘अल स्टार ड्युरेविलिटी’ भनिएको विशेषता केवल मार्केटिङ स्लोगन होइन । १.५के रिजोल्युसनसहितको एमोलेड डिस्प्ले र गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरी बनाइएको यो फोन साँच्चिकै कठोर अवस्था सहन सक्ने बनाइएको छ । यसको आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्सले देखाउँछ कि यो धुलो र पानी दुवैप्रति प्रतिरोधी छ, जुन हाम्रा दैनिक जीवनका साधारण दुर्घटनामा काम लाग्ने एकदमै उपयोगी पक्ष हो ।
स्मार्टफोनको कुरा गर्दा केवल बलियो संरचना भएर मात्रै पुग्दैन-प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले यसलाई ‘फास्ट एण्ड स्मूद’ बनाउँछ । चाहे गेमिङ होस् वा मल्टिटास्किङ, फोनले नथाक्ने झल्को दिन्छ । ८ जीबी + २५६ जीबी र १२ जीबी+५१२ जीबीका भेरिएन्टले प्रयोगकर्तालाई भण्डारणको झन्झटबाट टाढा राख्छन् ।
क्यामराको कुरा गर्दा पनि रेड्मीले सस्तो फोनमा राम्रो क्यामरा मात्र होइन, अब उन्नत फिचरहरू समेत दिन थालेको देखिन्छ । २०० मेगापिक्सेलको मुख्य क्यामरा र १६–इन-१ पिक्सेल बिनिङसँगै ८ एमपी अल्ट्रा-वाइड, २ एमपी म्याक्रो, र २० एमपी सेल्फी क्यामराको संयोजनले यसलाई ‘फोटोग्राफी क्रिएटिभ’ हरूका लागि उपयुक्त बनाउँछ । डायनामिक शट्स, मोशन ट्र्याकिङ, र डुअल भिडियो मोड जस्ता फिचरले प्रयोगकर्तालाई सोचेजस्तो दृश्य कैद गर्न स्वतन्त्रता दिन्छ ।
५११० एमएएच ब्याट्री र १२० वाटको हाइपरचार्ज टेक्नोलोजी भनेको ‘चिन्ता नगर, चार्ज फटाफट’ भन्ने सन्देश हो । आजको द्रुत जीवनशैलीमा यो प्रकारको फिचर अब विलासिता होइन, आवश्यकता बन्दै गइरहेको छ । रंगको विविधता-ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु, र मिडनाइट ब्ल्याक-ले स्मार्टफोनलाई केवल उपकरण होइन, व्यक्तित्वको अभिव्यक्ति बनाएको छ ।
मूल्यतर्फ हेर्दा, रु. ४९,९९९ र रु. ५४,९९९ को बीचमा आउने यी फोनहरू बजेट अनुसारको विकल्प दिन्छन् । अझ ईएमआई विकल्पले त बजेट-चिन्तालाई नै हटाइदिन्छ ।
प्रतिक्रिया