रक्षा खर्चमा ‘कडा प्रेम’ गर्नुभन्दा प्रेम नगर्नु राम्रो : इयू प्रमुख कल्लास

सिङ्गापुर । युरोपेली सङ्घका कूटनीतिक प्रमुख काजा कल्लासले ट्रम्प प्रशासनको ‘कडा प्रेम’पछि युरोपेली महाद्वीपले रक्षा खर्च बढाउन लागेको बताएका छन् । सिङ्गापुरमा आयोजित ‘साङ्ग्रिला डिफेन्स फोरम’मा बोल्दै अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य खर्चका लागि गरेको आग्रहलाई ‘कडा प्रेम’ भनेका थिए ।
‘यो प्रेम हो । त्यसैले प्रेम नगर्नुभन्दा यो राम्रो हो,’ हेगसेठको भाषणबारे पछि सोधिएको प्रश्नमा कल्लासले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो राष्ट्रहरूलाई रक्षा खर्च बढाउन निरन्तर दबाब दिँदै कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतसम्म माग गर्दै वासिङ्टनले अब कसैको लागि भार बहन गर्न नसक्ने बताएका थिए । कल्लासले भने, युरोपमा विभिन्न देशहरू छन् र हामीमध्ये केहीले धेरै पहिले नै महसुस गरिसकेका छौँ कि हामीले रक्षामा लगानी गर्नुपर्छ।
यो राम्रो कुरा हा, हामीले अझ बढी गरिरहेका छौं, तर म के कुरामा जोड दिन चाहन्छु भने युरोपको सुरक्षा र प्रशान्त क्षेत्रको सुरक्षा धेरै हदसम्म एकअर्कासँग जोडिएको छ, उनले भने । कल्लासले युक्रेनतर्फ सङ्केत गर्दै भने, युक्रेनमा पहिलेदेखि नै उत्तर कोरियाली सैनिकहरूसक्रिय थिए र चीनले रूसलाई सैन्य हार्डवेयर प्रदान गरिरहेको थियो।
अमेरिकी रक्षामन्त्रीको भाषणमा चीनबारे केही कडा सन्देशहरू आएका थिए, कल्लासले भने । उनले भने, मलाई के लाग्छ भने यदि हामी चीनबारे चिन्तित छौँ भने रुसको बारेमा पनि चिन्तित हुनुपर्छ । इयूले एशिया–प्रशान्त क्षेत्रमा रक्षालगायत क्षेत्रमा ‘हाम्रो पारस्परिक हितमा साझेदारी’ निर्माण गर्न चाहेको थियो । इयूले एशिया–प्रशान्त क्षेत्रमा रक्षालगायत क्षेत्रमा ‘हाम्रो पारस्परिक हितमा साझेदारी’ निर्माण गर्न चाहेको थियो ।
प्रतिक्रिया