बुधबार, जेठ २२, २०८२

एनआइसी एसिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न

नेपालखोज २०८२ जेठ २० गते १३:३१

काठमाडौं । एनआइसी एसिया लघुवित्तले आ.व. २०८२/८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी गरी ४ प्रदेशलाई समेटेर गरिएको कार्यक्रम यही जेठ १३ देखि १६ गते सम्म होटेल विनायक र होटेल पावन मिथिला बर्दिबास, महोत्तरीमा सञ्चालन भएको थियो ।

कार्यक्रममा कर्पोरेट कार्यालय, प्रदेश कार्यालय, शाखा कार्यालय समेतका १६९ जना कर्मचारीको सहभागिता रहेको थियो भने संस्थाका स्वतन्त्र सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेस बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे लगायतले चालु आ.व.को समीक्षा गर्दै आगामी आ.व.मा संस्थाले गर्ने कामका सन्दर्भमा आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कर्मचारीको वृत्ति विकास, शाखा सञ्चालन, राष्ट्र बैंकबाट जारी निर्देशन र सोको कार्यान्वयन, आगामी आ.व. का लक्ष्य तथा बजेट लगायतका विषयमा गहन छलफल चलेको थियो ।

साथै सूर्य ज्योति लाइफ ईन्सुरेन्स कम्पनी ली. कर्पोरेट सेल्स विभागका कर्मचारी द्वय सरु अधिकारी र बिकेश बज्राचार्यले बिमा दाबी सम्बन्धी जानकारी प्रदान गरेका थिए ।

प्रतिक्रिया