बिहीबार, जेठ २३, २०८२

सदन बस्नुअघि दाहालले राखे विपक्षी दलको बैठक

नेपालखोज २०८२ जेठ २१ गते ११:४८

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका विपक्षी दलको बैठक बसेको छ ।

मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा सुरु बैठकले गृहमन्त्री लेखकको राजीनामा लगायत संसदमा साझा धारणा बनाउने विषमा छलफल गर्न बैठक बसेको हाे ।

सोमबार यसबारे छलफल गर्नको लागि दाहालसँग प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफल गरेका थिए । तर, विपक्षी प्रमुख प्रतिपक्षी नेता दाहालले अडान छाडेनन् ।

हिजो बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया