सुनसरीमा खोलाको बगरबाट ११ सय केजी गाँजा बरामद

काठमाडाैं । प्रहरीले सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा १ हजार १२० किलो गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार हरिनगरा गाउँपालिकाको-५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरमा पुरेर लुकाइ रहेको अवस्थामा १ हजार १२० किलोग्राम तयारी गाँजा बरामद गरिएको हो ।
मंगलबार बेलुका घुस्कीस्थित प्रहरी चौकीले सूचना पाएपछि देवानगञ्जस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्ट, प्रहरी नायब निरीक्षक सुरेश यादव, सुरक्षा वेस क्याम्प बसन्तपुरबाट प्रनानी विष्णुबहादुर दनुवार र जिल्ला प्रहरी कार्यालयबाट प्रनानी महेश ढकाल, शसस्त्र प्रहरी बल घुस्कीबाट सहायक प्रहरी निरीक्षक नरेन्द्र घिमिरे, बसन्तपुर बीओपीबाट सहयक प्रहरी निरीक्षक इन्द्रजंग थापाको संयुक्त टोलीले बगर उत्खनन गरी गाँजा बरामद गरेको हो ।
विभिन्न रङ्गका ३८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया