शुक्रबार, जेठ २४, २०८२

दक्षिण कोरियाली राष्ट्रपति लीलाई, चीन, भारत, जापान र अमेरिकी नेताहरूले दिए बधाइ व्यक्त

नेपालखोज २०८२ जेठ २२ गते १५:४९

सियोल । चीनका राष्ट्रपति सी चिनफिङले बुधबार लीलाई बधाई दिँदै ‘चीन–दक्षिण कोरिया सम्बन्धको विकासका लागि ठूलो महत्व’ मा जोड दिएका छन् । चिनियाँ राष्ट्रपति सीले भने, चिनियाँ पक्ष दक्षिण कोरियाली पक्षसँग काम गर्न इच्छुक छ ।

नवनियुक्त दक्षिण कोरियाली राष्ट्रपति लीले असल छिमेकी मित्रताको दिशालाई दृढतापूर्वक कायम राख्नेछन् पारस्परिक लाभ र जीतको लक्ष्यमा अडिग रहनेछन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सियोलसँगको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताएका भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनले दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएकोमा ली जे–म्युङलाई बधाई दिँदै भारत–दक्षिण कोरियाको ‘विशेष रणनीतिक साझेदारी’ लाई ‘विस्तार र सुदृढ’ बनाउन उनीसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ली जे–म्युङलाई गणतन्त्र कोरियाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई । हामी भारत–दक्षिण कोरिया विशेष रणनीतिक साझेदारीलाई थप विस्तार र सुदृढ गर्न सँगै काम गर्न उत्सुक छौँ। जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पनि नवनिर्वाचित दक्षिण कोरियाली राष्ट्रपति लीलाई बधाइ दिँदै सियोल र टोकियोबीच सहकार्यलाई ऊर्जा प्रदान गर्न चाहेको बताएका छन् ।

त्यसैगरी, ट्रम्पका उच्च कूटनीतिज्ञ मार्को रुबियोले अमेरिकी विदेशमन्त्रीले ‘साझा मूल्य मान्यता र गहिरो आर्थिक सम्बन्ध’को हवाला दिँदै सियोलसँग वासिङ्टनको ‘फलामे (मजबुत) गठबन्धन’ रहेको बताएका छन् । यसअघि ह्वाइट हाउसद्वारा विज्ञप्तिमा निर्वाचनलाई ‘स्वतन्त्र र निष्पक्ष’ भनिएको थियो । विज्ञप्तिमा संयुक्त राज्य अमेरिका विश्वभरका लोकतन्त्रहरूमा चिनियाँ हस्तक्षेप र प्रभावप्रति चिन्तित रहेको र यसको विरोधमा रहेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया