प्रतिनिधि सभा बैठक भाेली १ बजे बस्ने गरी स्थगित
नेपालखोज
२०८२ जेठ २२ गते १५:५१

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएकाे छ । बैठकबिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएकाे हाे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गरिरहेका विपक्षी र सत्ता पक्षबीच कुरा नमिलेकाले सदन निरन्तर अवरुद्ध भइरहेको छ ।
बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया