विपद्मा उद्धारका लागि तयार रहन मुख्यमन्त्री लामाको निर्देशन

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरक्षा निकाय र सरोकारवालालाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रमको आज यहाँ समापन गर्दै उनले वर्षात्को समयमा हुन सक्ने विपद्लाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
दुई दिने अभ्यास कार्यक्रमको समापन गर्दै उनले वर्षात्को समयमा बाढी, पहिरोजस्ता जोखिम बढ्ने भन्दै उद्दारका लागि आवश्यक सामाग्रीको तयारी गरेर जुनसुकै समयमा पनि तयारी अवस्थामा रहन आग्रह गरे ।
नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, रेडक्रस लगायतका संस्था तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो । प्रदेशमा उद्दारका लागि आवश्यक सामग्री कम भएको भन्दै सरकारले यस वर्षको बजेटमा उद्दार सामाग्री व्यवस्थापन गर्ने गरी काम गर्ने उनले बताए । यस्ता अभ्यासले उद्दारमा सहयोग पुग्ने उनले बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपद्लाई व्यवस्थापन र क्षति न्यूनिकरण कठिन हुने गरेको बताए ।विपद्मा हुनसक्ने सम्भावित क्षतिलाई सबैको सहकार्यले कम गर्न सकिने उनको भनाइ थियो । रासस
प्रतिक्रिया