संसद्को अवरोध हटाउने सम्बन्धमा विपक्षी दलको बैठक जारी

नेपालखोज २०८२ जेठ २३ गते १३:५७

काठमाडौ । संसद्को अवरोध हटाउने वा जारी राख्ने सम्बन्धमा विपक्षी दलको बैठक जारी छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेका छन् ।

भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएका छन् ।

बिहीबार बसेको बैठकले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्दै भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्ने सम्बन्धमा सरकारले सदनबाट प्रतिबद्धता जनाउनुपर्ने अडान लिएको थियो । तर विपक्षीको मागमा सरकार तयार नभएको नेताको आरोप छ ।

संसद् खुलाउनका लागि अहिलेसम्म भइरहेका पहल निरर्थक बन्दै गएपछि संसद् बन्धक बनेको छ ।

प्रतिक्रिया