पतञ्जली जग्गा प्रकरणमा आफुले कुनै अनुचित काम गरेकाे छैन : अध्यक्ष नेपाल
नेपालखोज
२०८२ जेठ २५ गते १५:१४

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जली जग्गा प्रकरणमा आफुले कुनै अनुचित काम नगरेको बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको भन्दै आफुले कुनै अनुचित काम नगरेको बताए । नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेको र त्यसलाई देखेर कतिपय व्यक्तिहरु आत्तिएको उनले बताए ।
अध्यक्ष नेपालले केहि व्यक्तिहरुलाई बदलाको भावनाले पोलिरहेको भन्दै त्यसको कारण आफुमाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको जिकिर गरे ।
उनले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको उल्लेख गरे । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया