प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता
नेपालखोज
२०८२ जेठ २६ गते १६:२७

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको छ ।
होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
यो सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा कोठामा १५ प्रतिशत छुट र खाना तथा पेय पदार्थमा पाँच प्रतिशत छुट पाउन सक्नेछन । यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया