गहिरो समुद्रलाई ‘वाइल्ड वेस्ट’ बन्नबाट रोकौँ : गुटेर्रेस

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले फ्रान्समा समुन्द्रसम्बन्धी विश्वव्यापी शिखर सम्मेलनको सुरुआतमा विश्वले सबैभन्दा गहिरो महासागरलाई ‘वाइल्ड वेस्ट’ बन्नबाट रोक्नुपर्ने बताएका छन् ।
‘वाइल्ड वेस्ट’ पश्चिमी संयुक्त राज्य अमेरिका १९औँ शताब्दीको बसोवासको युगमा सामान्यतया अराजक र अनियन्त्रित भूगोल हो । विशेष गरी नियामक निरीक्षणको कमी वा अपर्याप्त कानुनी प्रणालीको कारण अव्यवस्थित व्यवहार व्याप्त भएको ठाउँ वा परिस्थितिलाई ‘वाइल्ड वेस्ट’ भनिन्छ ।
संयुक्त राष्ट्र सङ्घको महासागरसम्बन्धी सम्मेलनमा भाग लिइरहेका विश्वका नेताहरूले विश्व समुदायले महत्वपूर्ण खनिजको लागि समुद्री तटको उत्खननसम्बन्धी विवादास्पद नियम र प्लास्टिक प्रदूषणसम्बन्धी विश्वव्यापी सन्धिका सर्तलाई लिएर बहस गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तर्राष्ट्रिय जलक्षेत्रमा अमेरिकी अन्वेषणलाई द्रुत गतिमा अघि बढाउने भन्दै उक्त क्षेत्रलाई नियमन गर्ने विश्वव्यापी प्रयासलाई बेवास्ता गरेपछि विश्वका नेताहरू समुद्रको गहिराइमा उत्खननको बहसमा जुटेका हुन् ।
राष्ट्रिय जल बाहिर समुद्रतलमा क्षेत्राधिकार भएको अन्तर्राष्ट्रिय समुद्री तट प्राधिकरणले जुलाईमा समुद्रको गहिराइमा खनन नियमन गर्न विश्वव्यापी खनन संहिताबारे छलफल गर्न बैठक गर्दैछ।
गुटेर्रेसले आफूले यी वार्तालाई समर्थन गरेको र देशहरूले यी ‘समुद्री खानीमा नयाँ पानी’ प्रबाह गराउँदा सावधानी अपनाउन आग्रह गरे । उनले यसो भनिरहँदा सम्मेलनस्थलबाट उहाँलाई तालीको गडगडाहटमार्फत समर्थन मिलेको थियो ।
धेरै देशहरू समुद्री खननको विरोध गर्छन्, र फ्रान्सले आशा गरेको छ कि निसमा अधिक राष्ट्रहरू यस अभ्यासको पारिस्थितिक प्रभावहरूको बारेमा मोराटोरियममा सामेल हुनेछन् र यसबारे अधिक ज्ञान लिएर फर्कनेछन् ।
प्रतिक्रिया