फ्रान्समा महासागर संरक्षण सम्बन्धी संयुक्त राष्ट्र सम्मेलन सुरु

नाइस, फ्रान्स । सोमबार फ्रान्सको तटीय सहर नाइसमा तेस्रो संयुक्त राष्ट्र महासागर सम्मेलन सुरु भएको छ। ‘महासागरको संरक्षण र दिगो उपयोगका लागि छिटो कदम चालौं र सबै पक्षलाई जोडौं’ भन्ने नाराका साथ यो सम्मेलन हुँदैछ। विश्वका विभिन्न देशका प्रतिनिधि वैज्ञानिक, नागरिक समाज, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्था यसमा सहभागी छन्।
फ्रान्स र कोष्टारिकाको संयुक्त आयोजनामा भइरहेको यो सम्मेलनको मुख्य उद्देश्य महासागर र त्यसका स्रोतहरूको दिगो संरक्षण र उपयोग सुनिश्चित गर्नु हो। सम्मेलनले विशेषगरी तीन मुख्य पक्षमा ध्यान दिएको छ । संयुक्त राष्ट्रका महासचिवले महासागर सबैको साझा सम्पत्ति भए पनि यसको संरक्षणमा आवश्यक लगानी नभएको बताए ।
उनले सबै देशहरूबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताउँदै संरक्षणका लागि बढि ध्यान दिनुपर्ने कुरामा जोड दिए। यो सम्मेलन पाँच दिनसम्म चल्नेछ र यसमा मुख्य सत्र तथा विभिन्न संवाद कार्यक्रमहरू हुनेछन् । यसले विश्वभर महासागर संरक्षणमा अझ बढी काम गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया