आज दुई संसदीय समितिको बैठक बस्दै
नेपालखोज
२०८२ जेठ २९ गते १०:३०

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएकाे छ ।
आज बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया