२३ दिनमै देशभरिका आठ उच्च भूभागमा अवस्थित कठीन अफ-रोड गन्तव्यमा पुग्ने विश्वकै पहिलो पिकअप

काठमाडौं । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड जि७ ले विश्व इतिहास रचेको छ । यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ । यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ ।
टुनल्याण्ड जि७ ले नेपालका सबैभन्दा कठिन भूभाग सफलतापूर्वक पार गर्यो । यो यात्रा दार्चुलाको हिकिला (१,९६७ मिटर), पर्वतको फलामे (२,३२५ मिटर), इलामको सन्दकपुर (३,६३६ मिटर), कर्णालीको जुम्ला (२,५१४ मिटर), मनाङको खाङसार (३,७५६ मिटर), ढोरपाटन (३,९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६० मिटर) र संखुवासभाको गुफापोखरी (२,८९० मिटर) लगायतका उच्च भूभाग र दुर्गममा अवस्थित क्षेत्रमा गरिएको थियो ।
यी मार्गमा ठाडो उकालो, भीर र कच्ची बाटा रहेका थिए । टुनल्याण्ड जि७ ले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गर्यो र तिनीहरूको पूर्ण क्षमता अनुभव गर्ने अहिलेसम्मकै उत्कृष्ट ४ह४ अफ-रोड पिकअप बन्न सफल भयो ।
यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो । १८ टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गर्यो । २२५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्कामा नअड्किएरै पिकअप सजिलै अघि बढ्यो । उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ ले अत्यन्त सहज अनुभव दिएको थियो । बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड जि७ भित्रचाहिँ विलासी र आरामदायी छ ।
यसमा प्यानोरामिक सनरुफ, तातो/चिसो हुने १२-तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रीक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ । यी सबै कुराहरुले संयोजनले चालकको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो । २३ दिने यो यात्रा टुनल्याण्ड जि७ को एक वर्षे परीक्षणको हिस्सा थियो जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गर्यो ।
नेपाली ग्राहकसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो । टुनल्याण्ड न्७ ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गर्यो । यो यात्राले टुनल्याण्ड जि७ केवल शहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकका लागि बनेको पिकअप हो भन्ने देखायो । यो केवल पिकअप होइन, यो त शक्ति, आराम र प्रदर्शन खोज्नेका लागि बनाइएको पावर मेशिन हो ।
प्रतिक्रिया