अहमदाबाद विमान दुर्घटनामा परराष्ट्र मन्त्रालयले भन्यो- ‘हामीले धेरै मानिसहरू गुमाएका छौं’

काठमाडाैं । अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा भारतीय विदेश मन्त्रालयले धेरै मानिसहरू गुमाएकाे बताएकाे छ ।
विदेश मन्त्रालयको साप्ताहिक प्रेस ब्रिफिङको क्रममा लन्डनको ग्याटविक जाँदै गरेको एयर इन्डियाको विमान दुर्घटनाको बारेमा प्रश्न उठाइएको थियो ।
यसबारे विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘अहमदाबादमा जे भयो त्यो धेरै दुखद छ । हामीले धेरै मानिसहरू गुमाएका छौं। हामी आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दछौं। त्यहाँ धेरै विदेशीहरू पनि थिए।’
रणधीर जयसवालले भने, ‘तपाईंले यसबारे सम्बन्धित विभागहरू – नागरिक उड्डयन मन्त्रालय, एयर इन्डिया र अन्यबाट अपडेटहरू प्राप्त गर्नुहुनेछ । अहिले म तपाईंलाई यही भन्न सक्छु। यो निरन्तर परिवर्तन भइरहेको अवस्था हो। उद्धार कार्य भइरहेको छ। सही जानकारी बाहिर आउन हामीले अझै केही समय पर्खनुपर्नेछ ।’ बीबीसी
प्रतिक्रिया