भिजिट भिसा प्रकरण : आज पनि बस्न सकेन संसद् बैठक, शुक्रबारसम्मका लागि स्थगित
नेपालखोज
२०८२ जेठ २९ गते १९:२४

काठमाडाैं । प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ । बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए ।
भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद सांसदहरुको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरे ।
संघर्षको स्वरुप परिवर्तन गर्दै संसद सञ्चालन हुने अवस्था सिर्जना गर्न समेत उहाले आग्रह गरे । प्रतिपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरले कार्यसूचीमा रहेका कार्यक्रमलाई हटाउदै शुक्रबार १ बजे बस्नेगरि स्थगित गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया