सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
नेपालखोज
२०८२ असार १ गते १६:५९

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पेस गदै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए ।
‘दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ’, सभापति खतिवडाले भने । प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ ।
सम्बन्धित
प्रतिक्रिया