नेपाल राष्ट्र बैंकले ल्यायो १० रुपैयाँ दरको बैंक नोट प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकका अनुसार रुपैयाँ १० दरको साबिककै आकार तथा रङ्गमा सङ्केत नं.द-३२ ३०००००१ देखि प-९४ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नोट सार्वजनिक गर्न लागिएको हो ।
यो नोट विसं २०८२ साल असार महिना ०२ गते अर्थात् आज सोमबार देखि चलनचल्तीमा ल्याइएको जानकारी राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकका अनुसार नोटको अग्र भागमा अन्तर्गत नोटको बायाँतर्फ सगरमाथाको चित्र, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको विशेषता रहेको छ ।
यसै गरी नोटको पृष्ठ भाग अन्तर्गत नोटको मध्य भागको माथिल्लो खण्डमा अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा ‘ रुपिज रटेन लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अङ्ग्रेजीमा ‘२०२४ ए.डी.’ लेखिएको विशेषता रहेको छ ।

प्रतिक्रिया