मलामी गएका किशोरको मृत्यु
नेपालखोज
२०८२ असार २ गते २१:३७

दैलेख । मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ । रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो ।
डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले राससलाई जानकारी दिए ।
घाँस काट्न जानुभएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको शनिबार लडेर मृत्यु भएको थियो ।
किशोर खड्का उनको मलामी घाँस काट्दै गर्दा खनियाको रुखबाट खसेर घटनास्थलमा शनिबार बिहान मृत्यु भएको थियो । उनकै मलामी गएको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया