शनिबार, असार ७, २०८२

ब्राजिलमा तातो हावा भएको बेलुन दुर्घटनामा ८ जनाको मृत्यु

नेपालखोज २०८२ असार ७ गते २०:३०

काठमाडाैं । ब्राजिलमा तातो हावा भएको बेलुन दुर्घटनामा परी कम्तीमा आठजनाको मृत्यु भएको खबर आएको छ । सान्ता क्याटरिनाका गभर्नर जोर्गिनो मेलोले X मा लेखेका छन् कि शनिबार बिहान दुर्घटना हुँदा तातो हावाको बेलुनमा २२ जना सवार थिए ।

मेलोले राहत र उद्धार टोली घटनास्थलमा पुगेको र बेपत्ता व्यक्तिहरूको खोजी भइरहेको बताए । उनले दुई जनाको उद्धार गरिएको छ भने बाँकीको खोजी जारी छ जनाए । बीबीसी

प्रतिक्रिया