नेपाल बैंक र स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. बिच सम्झौता
नेपालखोज
२०८२ असार ९ गते १७:५७

काठमाडौं । नेपाल बैंक र स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. बिच सम्झौता भएको छ ।
सम्झौंता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने छ ।
याे सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै गाईनोकोलोजी र आईभिएफको परार्मश सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतप्रकाश कुमार अधिकारी र आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरेका हुन ।
सम्बन्धित
प्रतिक्रिया