सोमबार, असार ९, २०८२

भारतकाे उत्तराखण्ड : यमुनोत्री पैदल मार्गमा पहिरो, ४ जना पुरिएको आशंका

नेपालखोज २०८२ असार ९ गते १९:५९

काठमाडाैं । सोमबार यमुनोत्री पदयात्रा मार्गमा रहेको नौ कैंची भैरव मन्दिर नजिकै पहिरो गएको छ। प्रशासनले यस दुर्घटनामा ३ देखि ४ जना यात्रु भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका गरेको छ ।

उत्तरकाशी जिल्ला विपद् व्यवस्थापन तथा प्रहरीका अनुसार, ‘घटनाको बारेमा जानकारी दिउँसो ४:१२ बजे प्राप्त भयो जसमा ३ देखि ४ यात्रु पुरिएको आशंका गरिएको छ ।’

घटना लगत्तै एसडीआरएफ, प्रहरी, वन विभाग, मेडिकल र पशु चिकित्सा टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।उनले भने कि एक घाइते यात्रुलाई उद्धार गरी जानकीछट्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ ।

उत्तरकाशीका डीएम प्रशान्त कुमार आर्यका अनुसार यस दुर्घटनामा करिब १३ वर्षीया बालिका पनि हराएको बताइएको छ ।उनले अहिले पानी परिरहेको छैन त्यसैले चाँडै उद्धार कार्य सञ्चालन हुने र घाइतेहरूलाई बाहिर निकालिने अपेक्षा गरिएको बताए । बीबीसी

प्रतिक्रिया