सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

काठमाडौं । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने “मनसुन एक्सचेन्ज क्याम्प”को आधिकारिक सुरुवात गरेको छ, जस अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस ३ मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन् । यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो ।
यस लिमिटेड–टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकहरू लाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डस्ट्रीकै बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गर्दैछ । योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेशछन्जुन सबै सेरेस ईभीमा ट्रान्जिसनलाई अझ फाइदाजनक र पहुँच योग्य बनाउनका लागि डिजाइन गरिएको हो ।
आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ। नेपालमा यसको सेरेस ३ मोडलले आफ्नो शक्ती र इन्जिनियरिंग उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटरउचाइको कठिन कोरलानाका पारगरेर इतिहास बनाएको छ ।
अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको “२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकल शो)” मा तीन वटा “बेस्टईभी” अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुनः प्रमाणित गरेको छ । सेरेसचीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरू मध्ये एकहो । यी सफलता सँगै, सेरेसले नेपालको बढ्दोईभी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वासपनि सँगै लिएर आएको छ ।
यो योजना नेपालभरका सबैआधिकारिकसेरेस शोरूमहरूमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुनेछ। ग्राहकहरूलाई नजिकको शो रूममा गएर यो अफरको फाइदा लिन र इलेक्ट्रिक गाडीको प्रत्यक्ष अनुभव गर्न आग्रह गरिन्छ ।
प्रतिक्रिया