सोमबार, असार १६, २०८२

दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई अध्यक्ष दाहालको बधाई

नेपालखोज २०८२ असार १६ गते १०:४९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न १५औँ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।

अध्यक्ष प्रचण्डले विशेषगरी महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक जितेकी उर्मिला श्रेष्ठको प्रशंसा गर्दै समग्र टिम नेपालको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गरे ।

प्रतियोगितामा नेपालले उल्लेखनीय सफलता हात पारेको छ । ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन् भने महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फर्फराएका छन् ।

उक्त समूहमा भारतकी सारा काँस्य पदक विजेता बनेकी छन् ।

प्रतिक्रिया