सोमबार, असार १६, २०८२

कार्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन गर्ने

नेपालखोज २०८२ असार १६ गते १५:०८

काठमाडौँ । रुपन्देही-३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।

बोहोराको गएको चैत्र १९ गते काठमाडौँको ओम अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया