भ्रामक समाचारको प्रकोप : नेपाली समाजमा परेको असर

नेपालमा झुटा तथा गलत समाचार प्रवाहले गर्दा लोकतन्त्र, सामाजिक सद्भाव र आर्थिक विकासलाई समेत गम्भीर रूपमा प्रभाव पारेको छ। यस्ता कार्यहरूले राजनैतिक स्थिरतालाई अस्थिरता तर्फ धकेल्न मलजल गरिरहेको हुँदा नेपालमा यस्ता समाचार बाट बहु – आयामिक नकारात्मक प्रभाव पर्न गएको र यसले राष्ट्रको विकासलाई समेत बाधा पुर्याइरहेको पाइन्छ ।
यस्ता समाचारहरू अनजानमा विना अध्ययन तथा समाचारको भेरिफाइ नै नगरी झूटो वा गलत अफवाह प्रवाह हुने, राजनीतिक वा सामाजिक उद्देश्यले जानीजानी भ्रामक वा झूटो सूचना फैलाइने तथा दुर्भावनापूर्ण रूपले सही सूचनालाई गलत सन्दर्भमा प्रस्तुत गरी हानि पुर्याइने तवरले प्रसारण भइरहेका छन् ।
विशेष गरेर यस्ता समाचारहरूको प्रवाह फेसबुक, ट्विटर र टिकटक जस्ता सोसल मिडिया प्लेटफर्महरूको अधिकतम प्रयोग गरी हुने गरेको छ। एक सर्वेक्षणले नेपालमा ९०५ भन्दा बढी सोसल मिडिया प्रयोगकर्ताहरूले अनलाइनमा गलत सूचना देखेको बताएका छन्। यसको प्रमुख कारणहरूमा नेपालमा मिडिया साक्षरताको न्यून स्तर रहनु र पत्रकारिताको प्रशिक्षण वा नैतिकता बिना नै यस्ता गलत सामाग्रीको निर्माण र प्रसारण हुनु रहेका छन् ।
नेपालमा गलत समाचारले नेपालको राजनीतिक क्षेत्रमा, विशेष गरी निर्वाचनको समयमा, ठुलो प्रभाव पार्ने गरेको छ । गत नोभेम्बर २०२२ को निर्वाचनमा फेक न्युज र फोटो अडिट गरी प्रतिद्वन्द्वीलाई बदनाम गर्न यसको व्यापक प्रयोग गरिएको थियो ।साथै आगामी निर्वाचनहरूमा ब्क्ष् टुलहरूको समेत प्रयोगले यो समस्या अझ बढ्ने देखिन्छ ।
यसरी नागरिकहरूले सही र गलत सूचनाको फरक नबुझ्दा उनीहरूको मतदानको निर्णय प्रभावित हुन गई अयोग्य व्यक्तिहरू निर्वाचित हुन पुगी कोमल लोकतन्त्रलाई नै कमजोर पारी रहेको हुन्छ । यसको ज्वलन्त उदाहरणको रूपमा संसदमा स्टन्टका लागि बोलिने विषयहरू, विना जानकारी कर्पोरेट हाउसका पक्ष विपक्षमा बोलिने विषयहरू र म र मेरो पक्षले बोलेका ठिक अरू सबै बेठिक भनी देश भन्दा पार्टी ठुलो, पार्टी भन्दा गुट ठुलो र गुट भन्दा म ठुलो भन्ने गलत भाष्यहरू लाई यस्ता सञ्जालले जोड तोडका साथ प्रचारप्रसार भई रहनु लाई लिन सकिन्छ ।
गलत समाचारले कसरी समाजका सुषुप्त अवस्थामा रहेका दरारहरूलाई उजागर गरेर राष्ट्रिय एकतालाई नै क्षति पुर्याउँछ भन्ने कुरालाई यस अगाडिका केही घटना क्रमलाई लिन सकिन्छ । उदाहरणहरूको रूपमा क्रिकेटर सोमपाल कामीलाई जातीय भेदभावले “टिका” दिइएन भन्ने झूटो खबरले समाजमा आक्रोश फैलिएको, सन् २००० मा ऋतिक रोशनले नेपालप्रति घृणा व्यक्त गरेको झूटो खबरले काठमाडौंमा दंगा भएको थियो । जसले गर्दा जनधनको समेत क्षति हुन पुगेको र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसनको बारेमा फैलिएका भ्रामक सूचनाले जनमत ध्रुवीकरण हुन पुगेको विषयहरूलाई लिन सकिन्छ ।
एकातिर गलत समाचारको प्रसारले नेपालको मिडियाप्रति नै जनताको विश्वास घट्दै गएको छ भने अर्को तिर कतिपय मानिसहरूले पेशेवर पत्रकारिताको सट्टा अनलाइन अपुष्ट स्रोतहरूमा निर्भर हुन थालेका छन् । आर्थिक प्रलोभनका कारण केही मिडियाहरूले खुलेआम कर्पोरेट हाउस संगको मिलेमतोमा अपुष्ट सामग्री प्रकाशन गरी काला कर्तुत लाई सुन पानी छर्कने कार्य गरी रहेका छन् ।
नागरिकहरूले सहि र गलतको भेद नपाउँदा सबै सूचनाको स्रोतप्रति संदेह गर्न थालेका छन् भने यसैले गर्दा महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सहमति बनाउन वा विकास नीतिहरू लागू गर्न झन् झन् गाह्रो हुँदै गएको छ । गलत समाचारले आर्थिक अस्थिरता सिर्जना गरेर लगानी र विकासलाई मात्र बाधा पुर्याएको नभई व्यापार वा आर्थिक नीतिहरूको बारेमा गलत खबर प्रवाह हुन गई बजारमा अस्थिरता ल्याउन कार्य गरी रहेका छन् ।
COVID-19 महामारीको समयमा फैलिएका नक्कली हर्बल उपचारको खबरले स्वास्थ्य प्रयासहरूलाई कमजोर पार्न तथा यस्ता विषम समयमा विभिन्न सामाजिक संस्थाहरू विरुद्ध फैलिएका झूटा खबरहरूले ती संस्थाहरूको प्रतिष्ठामा समेत असर पार्यो र विशेष गरेर यसले सीमान्त समुदायहरूको जीवनयापनमा नकारात्मक असर पर्न पुग्यो ।
नेपालको सन्दर्भमा गलत समाचारले जनताको दबाब सिर्जना गरेर न्यायिक स्वतन्त्रतालाई समेत प्रभाव पार्न सक्ने देखिन्छ भने यसले गर्दा अनुसन्धान प्रक्रियाहरूलाई समेत जटिल बनाएको प्रशस्त उदाहरण हरू पाइन्छ । निर्मला पन्तको बलात्कार र हत्या मामलामा सोसल मिडियामा फैलिएका गलत सूचनाले यसको अनुसन्धान प्रक्रियालाई नै गलत दिशामा पुर्यायो भने पल शाह बलात्कार मामलामा सयौँ भिडियोहरूमा अपुष्ट रूपमा फैलाइए, जसबाट नाबालक पीडितको पहिचान को रक्षा गर्न सकिएन ।
यद्यपि नेपालमा गलत समाचारका विरुद्धका प्रयासहरू नभएका भने होइनन् यस्ता समाचारका विरुद्ध विभिन्न पहलहरू सुरु भएका छन् । यस्ता झुटा तथा गलत समाचारको फ्याक्ट चेक गर्ने उद्देश्यले साउथ एसिया चेक ९२०१५०, नेपाल फ्याक्ट चेक ९२०२०० र नेपाल चेक ९२०२२० ले कार्य गर्दै आएका छन् ।
नेपालमा इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट, २०६३ ले अनधिकृत इलेक्ट्रोनिक प्रकाशनलाई प्रतिबन्ध लगाएको छ । निर्वाचन आयोगको सोशल मिडिया प्रयोग नीति, २०७७ ले निर्वाचनमा गलत सूचना नियन्त्रण गर्न खोजेको छ । प्रेस काउन्सिल नेपालले मिडिया सामग्रीको सिकायत समाधान गर्ने गरेको छ। जसले २०७९र८० मा मात्र २२१ यस्ता केसहरूको समाधान गर्यो । यस्ता गलत समाचार नियन्त्रणकाका खातिर व्यापक मिडिया साक्षरता शिक्षाको आवश्यकता रहेको महशुश गरी मिडिया साक्षरता पहलहरू नभएका होइनन् । सरकारले माध्यमिक शिक्षामा मिडिया साक्षरतालाई समावेश गरेको छ । अकाउन्टेबिलिटी ल्याब नेपाल र युनेस्को जस्ता संस्थाहरूले जनचेतना अभियान चलाएका छन्।
नेपालले लोकतान्त्रिक विकास गर्दै गर्दा झुटा तथा गलत समाचारको महामारीलाई नियन्त्रण गर्न तत्काल सूचनाको विश्वसनीयता बढाउने उपायहरू अवलम्बन गर्नु जरुरी छ। यसलाई अनदेखा गर्दा जनताको विश्वासमा कमी, सामाजिक विभाजन, विकास लक्ष्यहरू प्राप्त गर्न असफलता तथा व्यवस्था माथि नै धावा बोल्ने जस्ता गम्भीर असरहरू देखिन थाली सकेका छन् ।
राज्यले यस्ता झुटा तथा गलत समाचारको नकारात्मक प्रभावलाई कम गर्न र राष्ट्रिय हितलाई सुरक्षित गर्न तत्काल अधिक मात्रामा फ्याक्ट चेकिङ संस्थाहरू स्थापना गरी यसलाई विस्तार गर्ने । मिडिया नियमन सुधार गर्न राजनीतिक नियुक्ति नभएको स्वतन्त्र नियामक निकाय बनाउने । मिडिया साक्षरता बढाउन सबै उमेर समूहका लागि डिजिटल साक्षरता कार्यक्रम विस्तार गर्ने। गुणस्तरीय पत्रकारितालाई मात्र समर्थन गर्न, गलत समाचार प्रवाहलाई निरुत्साहन गर्न, मिडियालाई उच्च मापदण्ड कायम राख्न प्रोत्साहन गर्ने । साथै प्रेस स्वतन्त्रको हनन नहुने गरी गलत समाचार विरुद्ध कडा कानुन निर्माण गर्ने र सरकार, मिडिया, नागरिक समाज र प्रविधि कम्पनीहरू बिच सहकार्य बढाई यस्ता गतिविधि निस्तेज पार्ने कार्य गर्न ढिला भैसकेको छ ।
प्रतिक्रिया