नेपाल बैंक र लेट मि इन प्रा.लि. बिच सम्झौता
नेपालखोज
२०८२ असार १७ गते १४:३६

काठमाडाैं । नेपाल बैंक र लेट मि इन प्रा.लि. बिच सम्झौता भएको छ ।
बैंकका अनुसार सोमबार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
याे सम्झौता बमोजिम लेट मि इन प्रा.लि. को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन ।
सम्बन्धित
प्रतिक्रिया