शुक्रबार, असार २०, २०८२

बेष्ट फाइनान्स कम्पनीको २८औँ वार्षिक साधारण सम्पन्न

नेपालखोज २०८२ असार २० गते १४:४९

काठमाडाैं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।

बुधवार भएको साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । साधारण सभाले प्रा. डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीलाई निर्विरोध सञ्चालक समितिमा निर्वाचित गरेको छ ।

संस्थाले आफ्ना शेयरधनी, ग्राहक, नियामक निकाय तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीनतम् सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।

प्रतिक्रिया