रकम हिनामिना कसुरमा एक युवा पक्राउ
नेपालखोज
२०८२ असार २० गते १९:१३

गाईघाट (उदयपुर) । यहाँको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले कीर्ते गरेर रकम हिनामिना गरेको कसुरमा पक्राउ गरेको छ ।
श्रेष्ठले बोक्सेस्थित महिला तथा जनजागृति सहकारीको युवा स्वरोजगार कोषको रकम ठगी तथा किर्ते गरेर हिनामिना गरेको प्रहरीले जनाएको छ । युवा स्वरोजगार कोषका सदस्यसमेत रहेका श्रेष्ठले अन्य पदाधिकारीका नाममा कीर्ते माइन्युट खडा गरेर हिनामिना गरेको प्रहरी कार्यालयका सूचना अधिकारी केदामान दोङले जानकारी दिए ।
श्रेष्ठविरुद्ध कीर्ते तथा ठगीको निवेदन परेपछि बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको र आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया