बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु
नेपालखोज
२०८२ असार २० गते १९:५५

दोधारा चाँदनी (कञ्चनपुर) । भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार आज दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो । शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
सम्बन्धित
प्रतिक्रिया