शनिबार, असार २१, २०८२

मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाले भूमिका महत्त्पूर्ण छ : सभापति देउवा

नेपालखोज २०८२ असार २१ गते १९:१९

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेकाे बताएका छन् ।

जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाको भूमिका महत्त्पूर्ण रहेकाले यसलाई भावी पुस्ताले पनि स्मरण गर्ने धारणा राखे । अहिले मुलुक गणतन्त्रलाई सुदृढीकरण गर्दै आर्थिक सामाजिक रुपान्तरणको यात्रामा अघि बढिरहेको उनले उल्लेख गरे ।

समावेशी राजनीतिक प्रणालीले सबै वर्ग, क्षेत्र र समुदायको राज्य संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै उनले मुलुकलाई आथिक रूपमा सम्पन्न बनाएर जनतालाई त्यसको लाभ दिलाउन सबै दल क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए ।

कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले अब आर्थिक सामाजिक रुपान्तरणको पनि नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले हरित ऊर्जा, आधुनिक कृषि प्रणाली, उन्नत बाली प्रवर्द्धन तथा किसानलाई प्रविधिसँग जोड्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिँदै धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटन प्रवर्द्धन गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया