रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुराएको जनधनको क्षतिको स्थलगत निरिक्षण गर्ने

नेपालखोज २०८२ असार २४ गते १४:२९

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुराएको जनधनको क्षतिको स्थलगत निरिक्षण गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगाएतको टोली मंगलबार नै रसुवा पुगेर जनधनको क्षतिको स्थलगत निरिक्षण गर्न लागेको हो । गृहमन्त्री रमेश लेखकले रसुवामा निकै क्षति पुर्याएको बताए । पहिले स्थलगत निरिक्षण गरेपछि फर्केर बैठक बसि आवश्यक निर्णय लिइने उहाले जानकारी दिए ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल-चीन नाकाको मितेरी पुल बाढीले बगाएको छ भने १८ जना व्यक्ति वेपत्ता भएका छन् ।

प्रतिक्रिया