एक अर्ब ५० करोड भन्दा माथिको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई जना भारतिय पक्राउ

नेपालखोज २०८२ असार २४ गते १६:४८

काठमाडौं । एक अर्ब ५० करोड भन्दा माथिको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई जना भारतिय पक्राउ परेका छन् ।

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार ब्यूरोबाट खटिएको टोलीले ललितपुरको ललितपुर महानगरपालिका वडा नं.२ सानेपा कालोपुल स्थित केही ब्यक्तिहरुले अबैध हुण्डि कारोबार गरेको तथा क्रिप्टोकरेन्सी (अभौतिक) मुद्राको कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा भारतिय नागरिक रुपेश कुमार गुप्ताले संचालन गरेको राजतिर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा गैरकानुनी हुण्डि तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा दुई व्यक्तिहरुलाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेकाहरुमा भारतको मोतिहारी बिहार घर भई हाल ललितपुर वडा नं २ सानेपा बस्ने ४३ बर्षिय रुपेश गुप्ता र भारतको बिहार राज्य पुर्वी चम्पारण घर भई हाल ललितपुरको सानेपा बस्ने २२ बर्षिय बिपिन कुमार रहेका छन् । उनीहरुको साथबाट मोवाईल पाँच थान, नेपाली रुपैंयाँ आठ लाख २० हजार, सिसिटिमी, संरक्षित बन्यजस्तु कस्तरीको बिना सहितका सामानहरु बरामद भएको छ । सिआईबीका अनुसार उनीहलाई यही असार २३ गते सानेपाको कालोपुलबाट पक्राउ गरिएको हो ।

उनीहरुउपर मुलुकी अपराध संहिता,२०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डि सम्बन्धि कारोबार गर्न नहुने कसूर र बन्यजन्तु सम्बन्धी कसूर अन्र्तगत अनुसन्धान भईरहेको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया