धनुषाबाट १३ लाख भन्दा बढी मुल्यको काजु बरामद
नेपालखोज
२०८२ असार २५ गते १३:४२

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ स्थित चाईनिज ईट्टाभट्टाको खाली घरबाट असार २५ गते करीव १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याई सोही स्थानको खाली घरमा लुकाई छिपाई राखेको १ हजार ३२० के.जी. काजु विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धुनषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माको कमाण्डमा खटिएको सुरक्षा फौज तथा जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।
उक्त स्थानमा काजु कहिले र कसले ल्याई राखेको भन्ने खुलेको छैन ।बरामद काजु आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ ।
सम्बन्धित

प्रतिक्रिया