छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालखोज २०८२ असार २५ गते १३:५७

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६ ग्राण्डीस्थित सडकमा बा.प्र ०१-००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२-०४४ प ६४०५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सर्लाही हरिवन नगरपालिका-१ घर भएका २४ वर्षीय सोनाम योन्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डि अस्पताल टोखामा उपचारको क्रममा मृत्यु भएको हो । ईभी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारस्थित सडकमा से.७ प ७०८९ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१-०१० प ८४०५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा सु.प.प्र.०१-०१० प ८४०५ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका-१२ कोटा बस्ने २३ वर्षीय नोयल कठरीयाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्तताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका से.७ प ७०८९ नम्बरको मोटरसाइकल सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने सु.प.प्र.०१-०१० प ८४०५ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको छ ।

उदयपुरको बेलका नगरपालिका-८ स्थित सडकमा बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को.३८ प ९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक मोरङ घर भएका ३२ वर्षीय अनिल राजबंशीको मृत्यु भएकोछ । दुर्घटनामा गम्भीर घाइते भएका बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडास्थित सडकमा बा.४ ख ७१ नम्बरको बस र बा.७१ प ६८८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक नमोबुद्ध नगरपालिका-२ बस्ने २३ वर्षीय पासाङ तामाङ र मोटरसाइकलमा सवार २२ वर्षीय बिजय तामाङको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवनको रत्ननगर नगरपालिका–३ भ्युटावरस्थित सडकमा ना.६ ख ७७६३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–४ बस्ने ५५ वर्षीय बाबुराम महतोको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया