बसको ठक्करबाट महिलाको मृत्यु
नेपालखोज
२०८२ असार २६ गते १७:४३

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ५५ वर्षिया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । बसको ठक्करबाट घाइते भएका उनको उचारका क्रममा धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो ।
बेलौरीबाट महेन्द्रनगरतर्फ फर्किदै गरेको सु।प।प्र।००१ ख ९२९ नम्बरको बसले सडक छेउमा हिँडिरहेका भट्टलाई ठक्कर दिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया