बीस करोड खर्चेर शिक्षण अस्पतालमा सेवा विस्तार

नेपालखोज २०८२ असार २८ गते २०:५८

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित १५ शय्याको आकष्मिक ‘वार्ड’ र आधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त रु २० करोडको लागतमा सेवा सञ्चालनको प्रबन्ध भएको हो । त्यस अवसरमा मन्त्री पौडेलले शिक्षण अस्पतालप्रति नागरिकको भरोसा बढ्दै गएको बताए ।

अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुलभ ढङ्गले सेवा प्राप्त हुने भन्दै अस्पतालको सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए ।

अस्पतालका निर्देशक प्रा डा सुभाष आचार्यले एमआरआई सुविधा अस्पतालमा उपलब्ध भएकाले अब उहाँहरूलाई महँगो शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताए । -रासस

प्रतिक्रिया