आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोडिदिए : प्रधानमन्त्री

नेपालखोज २०८२ असार २९ गते ९:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेखेका छन् आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर गए, नेपालीलाई भाषा र भावनाको सेतुले जोडिदिए । नेपाली भाषामा आदिलेखन थालनी गरेका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।

आज देशभरि नै आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

प्रतिक्रिया