एमाले केन्द्रीय कमिटी बैठक जारी

नेपालखोज २०८२ साउन ६ गते १०:०९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि लतिलपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरिएको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि आज पनि केन्द्रीय सदस्यले छलफल गर्नेछन् ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले उक्त प्रस्तावमाथि आआफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया