प्रेम र सम्बन्ध !

आजको डिजिटल युगमा प्रेम र सम्बन्धहरूको परिभाषा बिस्तारै फेरिँदै गएको छ। विगतमा जहाँ प्रेम र सम्बन्धहरूलाई समर्पण विश्वास र स्थायित्व को पर्याय मानिन्थ्यो भने आजको युवापुस्ताले सम्बन्धलाई क्षणिकता, आवश्यकता र अनिश्चिततासँग जोडेको जस्तो लाग्छ । आज ” I love you ” भन्दा पहिले ” Are we even dating ?” भन्ने प्रश्न उठेको देखिन्छ। आजका आधुनिक सम्बन्धहरू नयाँ- नयाँ नाममा परिभाषित भएको देखिन्छ।
जस्तै:
१) Nanoship. २) Microship. ३) Situationship .४) Cuffing Season Dating . ५ ) Pace Holding Dating। यी सबै सम्बन्धको एउटै साझा विशेषता छ – अनिर्णय, भावनात्मक अस्पष्टता र अस्थायित्व। अचेलका सम्बन्धमा सधैँ प्रेम हुन्छ भन्ने ग्यारेन्टी अब रहन छाडेको छ।
विगतका सम्बन्धमा प्रेम थियो। मान्छेहरू सरल थिए। कम शब्दमा गहिरो भावना थियो। तर आजका सम्बन्धहरू जटिल छन् । थोरै भावना, धेरै स्वार्थ , धेरै नाटक र नामहरू छन्। अचेलका युवा – युवतिले फलानो लाई प्रेम गरेँ भन्दा पहिले ‘ हाम्रो रिलेसन के हो?’ भन्ने स्पष्टीकरण दिनुपर्ने समय हो यो। हिजो हाम्रो पालामा आत्मीयताले सम्बन्ध बन्थे। अचेल चरम व्यक्तिगत स्वार्थ,यौन र नेट वर्क कनेक्सन र मुडको मौसमले सम्बन्धहरू बनेको देखिन्छन्। आजको जमानाको सम्बन्धहरू लाई यसरी हेर्ने गरिएको देखिन्छ वा वर्गीकरण गरेको पाइन्छ।
१)Nanoship : क्षणभरको सम्बन्ध
यो त्यस्तो प्रकारको सम्बन्ध हो, जुन केही घण्टा वा एक रातमै सुरु भएर टुङ्गिन्छ। यहाँ न भावना हुन्छ, न प्रतिबद्धता। हुन्छ त केवल क्षणिक आकर्षण। अर्को दिन एक अर्काको नाम पनि थाहा नहुन सक्छ।
२) Microship : अस्थायी आकर्षण
यो सम्बन्ध अलिक लामो अर्थात् केही दिन वा हप्ता टिक्न सक्छ।
तर यस्मा गहिरो भविष्य सोचिएको हुँदैन। बस एक अर्काको उप स्थितिले समय सजिलो बनाउने उद्देश्य हुन्छ। यो सम्बन्ध रमाइलो का लागि हो। जीवन बाँड्न होइन।
३) Situationship: न साथी – न प्रेमी
यहाँ भावनात्मक सम्बन्ध हुन्छ। सँगै समय बिताइन्छ। तर स्पष्टता हुँदैन। ” हामी प्रेमी हो? ” भन्ने प्रश्नमा मौनता आउँछ। यस्तो सम्बन्ध प्रेम होइन। केवल आत्मीयताको अलमल मात्र हो।
४) Cuffing Season Dating : मौसम अनुसारको यस्तो
प्रकारको प्रेम सम्बन्ध जो जाडोमाया एक्लोपन हटाउन सुरु गरिए को हुन्छ र जुन गर्मी याम सँगै पग्लिन्छ। यसमा भावना भन्दा बढी स्वार्थ र आवश्यकताको छायाँ हुन्छ।
५) Pace Holding Dating : बैकअप सम्बन्ध
यसमा कुनै व्यक्ति अर्को व्यक्तिलाई न टाढा जान दिन्छ, न नजिक आउन दिन्छ। उनीहरूले प्रेम गर्दैनन्। तर टाढा पनि जान चाहँदैनन् शायद भविष्यमा काम लाग्ला भनेर होला।
यी सबै सम्बन्धका नामहरू समयको मागले जन्मिएका हुन् । तर यी भावनाको खोक्रोपनका सङ्केत पनि हुन्।आज प्रेम भन्दा पहिला नाम सोधिन्छ – ‘हाम्रो टाइप के हो ?’ स्पष्टता छैन, स्थायित्व छैन। त्यसैले कहिलेकाहीँ लाग्छ अचेलका युवापुस्ता प्रेम सम्बन्धमा छैनन् । केवल प्रेम सम्बन्धको भ्रममा बाँचिरहेका छन् जस्तो लाग्छ ।








प्रतिक्रिया