एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे

नेपालखोज २०८२ साउन ६ गते १३:२८

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताए ।

उनले भने, मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरुमा यस विषयमा कुरा भएको छैन । अहिले बाहिर हल्ला सुनेको भन्दै उनले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुरा नआएको बताए ।

सरकार एक वर्ष अझै जाने बताउँदै उनले सत्ता गठबन्धन विसं २०८४ सम्म रहने बताए । बाहिरी हल्लाको कुनै सत्यता नरहेको उनको भनाइ थियो । उनले भने, प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिएका भएको छ ।

फरक प्रसङ्गमा बोल्दै उनले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता रहेको बताए । उनले भने, सरोकारवाला पक्ष, सेना लगायतसँग हामीले छलफल गरिरहेका छौँ, यस पटक नागरिक उड्डयन प्राधिकरणको बजेटमा समावेश गरेर विस्तारको काम अघि बढ्छ । कोरोनापछि नेपाल आउने पर्यटक घटेकामा पछिल्ला दिनमा यो सङ्ख्या बढ्दै गएको उनले बताए ।

प्रतिक्रिया