८०.९७ अंकले बढ्दा २० अर्ब भन्दा बढीको शेयर किनबेच

नेपालखोज २०८२ साउन ६ गते १५:५१

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ८० दशमलव ९७ अंकले बढेर २९ सय ७३ दशमलव ७० अंकमा पुगेको छ ।

नेप्सेमा आज ३१९ वटा कम्पनीको एक लाख ७७ हजार एक सय एक पटकको कारोबारमा चार करोड ३५ लाख ८१ हजार दुई सय २८ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ३२ दशमलव २५ अंकले बढेर १५ सय ६१ दशमलव ४८ अंकमा पुगेको छ । विबिकास बैंक समूहको सूचक पनि एक सय ३८ दशमलव ८२ अंकले बढेर छ हजार दुई सय ७७ दशमलव ६१ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक ५० दशमलव ३७ अंकले बढेर २६ सय ३३ दशमलव ९६ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक पनि ७१ दशमलव ५० अंकले बढेर तीन हजार ८३० दशमलव ७३ अंकमा पुगेको छ ।

जिवन बिमा समूहको सूचक पनि ६०६ दशमलव ६५ अंकले बढेर १४ हजार ४९५ दशमलव ८६ अंकमा पुगेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ३४२ दशमलव ४० अंकले बढेर १३ हजार ७०५ दशमलव सात अंकमा पुगेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा टे्ड टावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लुम्बिनी बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।

प्रतिक्रिया