सारथी केवल र सिटिजन्स क्यापिटल लिमिटेडबीच सम्झौता

नेपालखोज २०८२ साउन ७ गते १७:५६

काठमाडौं । सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्राथमिक शेयर निश्कासलागिसम्झौता भएको छ । उक्त औपचारिक कार्यक्रम होटल मेरियट, काठमाण्डौमा सम्पन्न भएको हो ।

सम्झौतापत्रमा सारथि केवलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेकाछन् । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजिको २० प्रतिशत सर्वसाधारणलाई निश्कासन गर्ने योजना सार्वजनिक गरेको छ।

यो आईपिओ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन कम्पनीको भनाई छ ।

प्रतिक्रिया